+

डे ब्रुयेन बेल्जियमको कप्तान नियुक्त

२०७९ चैत  ८ गते १२:४१ २०७९ चैत ८ गते १२:४१
डे ब्रुयेन बेल्जियमको कप्तान नियुक्त

८ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडिफिल्डर केभिन डि ब्रुयेन बेल्जियमको नयाँ कप्तान नियुक्त भएका छन् ।

बेल्जियन फुटबल संघले डे ब्रुयेनलाई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ ।

२०२२ डिसेम्बरमा कतारमा भएको विश्वकपपछि तात्कालीन कप्तान इडेन हाजार्डले सन्यास लिएका थिए । हाजार्डको कप्तानीमा बेल्जियम समूह चरणबाट बाहिरिएको थियो ।

अब डे ब्रुयेनले हाजार्डको स्थानमा छ । यसअघि हाजार्डको अनुपस्थितिमा पनि डे ब्रुयेनले कप्तानी गरिसकेका छन् ।

डे ब्रुयेनको कप्तानीमा बेल्जियमले युरोपियन च्याम्पियनसिप छनोटमा शुक्रबार स्वीडेन विरुद्ध खेल्नेछ ।

डे ब्रुयेनले सन् २०२० मा फिनल्याण्ड विरुद्ध खेल्दै बेल्जियमको लागि डेब्यू गरेका थिए । ३१ वर्षीय डे ब्रुयेनले ९७ खेलमा २५ गोल गरेका छन् ।

यस्तै गोलकिपर थिबाउट कर्टुवा र फरवार्ड रोमेलु लुकालाई उपकप्तान नियुक्त गरिएको छ ।

केभिन डि ब्रुयेन बेल्जियम टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय