+
+

जब बलिउड हिपहप गायक बादशाहले नेपाली डान्सरलाई मुम्बई बोलाए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १६:५६

काठमाडौं । बलिउड हिपहप गायक बादशाह आफ्नो आगामी गीत ‘सनक’लाई लिएर चर्चामा छन् । उनको चर्चा भारतमा मात्र होइन, यतिबेला नेपालमा समेत भइरहेको छ । ‘सनक’ गीतको हुकस्टेप अहिले इन्स्टाग्राम रिल्समा भाइरल बनिरहेको छ ।

बादशाहले सेयर गरेको उक्त गीतको हुकस्टेप भिडियोमा नेपाली डान्सर पारस फिचर्ड छन् । ‘सनक’ गीतमा रिल्स बनाएर नेपालमा समेत भाइरल भएका पारसको उक्त भिडियो बादशाहसामु पुगेपछि उनले पारसलाई मुम्बईमा बोलाएका थिए । बादशाहले पारससँग हुकस्टेपमा नाचेको भिडियोलाई इन्स्टाग्राममा सेयर गरेपछि पारसको चर्चा झनै चुलिएको छ ।

पारसलाई फिचर्ड गरेर बादशाहले मुम्बईमा भिडियो छायांकन गरेका छन्, जुन चाँडै रिलिजको तयारीमा छ । एकाएक चर्चामा आएपछि नेपाली डान्सर पारसले भने, ‘मेरो हुकस्टेपले मलाई यो स्थानसम्म ल्याउला भनेर मैले सोचेको पनि थिइनँ । मलाई मौका दिनुभएकोमा बादशाहलाई धन्यवाद ।’

दुई हिन्दी गीत तुम तुम, नैनो वाले गीतमा पनि डान्स गरेर पारसले चर्चा बटुलिसकेका छन् ।

 

View this post on Instagram

 

A post shared by PARAS (@alexbiswokarma___)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?