+
+

भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सागर न्यौपाने निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १९:४२

९ चैत,बुटवल । भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियूका सागर न्यौपाने निर्वाचित भएका छन् ।

अनेरास्ववियुका सागर न्यौपाने न्यौपानेले ५ सय ५१ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका मनिष ढकालले ३ सय ९८ मत पाए ।
अखिल क्रान्तिकारी र राष्ट्रि प्रजातान्त्रिक विद्यार्थी संघले गठबन्धन गरेका थिए ।

यस्तै सचिव पदमा अनेरास्ववियुका शनि कलवार निर्वाचित भएका छन् । कलवारले ४५० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी क्रान्तिकारी र राप्रवि संघका सलमान खानले ३४० मत मात्रै पाए ।

कोषाध्यक्षमा पनि अनेरास्ववियुकै उम्मेदवार मनोज पन्थले ५ सय ४५ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनकै राम मिलन बरईले ३६४ मत पाएको निर्वाचन समितिका सदस्य सचिव पिताम्बर तिवारीले बताए ।

यसैगरी स्ववियुको सदस्यहरुमा अनेरास्ववियुकै आशिष पन्त, राजन गुप्ता, श्वेताकुमारी हरिजन, प्रेम शंकर यादव, मनोजकुमार यादव, शैलेश यादव, मोहित चौधरी, सुमनकुमारी शुक्ला निर्वाचित भएका छन् ।

३ हजार २ सय २९ जना विद्यार्थी मतदाता रहेकामा निर्वाचनमा १५ सय ८२ मत खसेको थियो । अध्यक्ष पदमा दुई जना स्वतन्त्रसहित ९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थी संगठनले एक्ला–एक्लै प्रतिस्पर्धा गरेका थिए भने अन्य दल निकट विद्यार्थी संगठनहरुले गठबन्धन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?