+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ८:३४

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’ उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएका परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने पनि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । साथै क्षयरोग विरुद्धको अभियानलाई दातृ निकाय र अन्य सरोकारवालाहरुको सहयोग तथा संलग्नता बढाई क्षयरोगविरुद्धको अभियानमा सहभागी हुनसमेत अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?