+
+

रमजानमा जामे मस्जिदबाट प्रार्थना (तस्वीरहरु )

आर्यन धिमाल आर्यन धिमाल
२०७९ चैत १० गते १७:०९

१० चैत, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू विहानै  जामे मस्जिदमा मुस्लिम समुदायले विहानै निराहार रोजा (व्रत) बसी नमाज पढेका छन् ।

दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

रोजा बस्ने भनेको बिहान ३:४३ देखि बेलुका ६:५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।

मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीको सेवा ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?