+
+

आर्थिक कार्यमा संलग्न नहुने जनसंख्या मधेशमा धेरै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते २०:११

१० चैत, काठमाडौं । नेपालमा १० वर्ष भन्दा बढी उमेर भएका २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३७.५ प्रतिशत नागरिक कुन पनि आर्थिक काममा संलग्न नभएको पाइएको छ । जसमध्ये यस्तो संख्या सबैभन्दा धेरै मधेशमा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा कुनै पनि आर्थिक कार्यमा संलग्न नहुने नागरिक ४६.५ प्रतिशत रहेको छ ।

कुनै पनि आर्थिक कार्यमा संलग्न नहुने नागरिकमध्ये ३८.३ प्रतिशत नागरिक बागमती प्रदेशका छन् । यस्तै लुम्बिनीमा ३७.२ प्रतिशत, गण्डकीमा ३७ प्रतिशत, सुदूरपश्चिममा ३२.२ प्रतिशत, कोशीमा ३१.३ प्रतिशत, कर्णालीमा ३०.८ प्रतिशत नागरिक कुनै पनि आर्थिक कार्यमा संलग्न नभएको तथ्यांकमा उल्लेख छ ।

जनगणनाअनुसार १० वर्ष वा सोभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरु मध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जना (६२.५ प्रतिशत) ले भने जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेको देखिन्छ । जसमध्ये ४१ प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि काम नगरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?