+
+

संघीयता र संविधान रगत बगाएर प्राप्त गरेको उपलब्धि हो : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:३७

१२ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले संक्रमणकालीन न्यायलाई थप लम्ब्याउने कार्य नगर्न आग्रह गरेका छन् ।

आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । ‘अब यसलाई बाधा पार्ने कुरा कतैबाट आउन हुँदैन । समाधान गरेर जाने हो’ उनले भने ।

१० वर्षे सशस्त्र युद्धसमेतको बलमा नेपालले धेरै उपलब्धिहरु प्राप्त गरेको र त्यसको रक्षा गर्नु आफूहरुको दायित्व भएको उनले बताए ।

‘संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रसहितको संविधान ठूलो रगत बगाएर प्राप्त गरेको उपलब्धि हो । यो उपलब्धिको रक्षा गर्नु हाम्रो कर्तव्य हो’ पाण्डेले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?