+
+

वुमन्स प्रिमियर लिगको च्याम्पियन बन्यो मुम्बई

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ८:३१

१३ चैत, काठमाडौं । मुम्बई इन्डियन्सले पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल) टी–२० क्रिकेटको उपाधि जितेको छ ।

आइतबार मुम्बईस्थित ब्राबोन स्टेडियममा भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै पहिलो च्याम्पियन बनेको हो ।

नाट सिभर ब्रन्टले अविजित ६० रन बनाएपछि मुम्बईले १३२ रनको लक्ष्य तीन बल अगावै ३ विकेट गुमाउँदै पूरा ग¥यो । ब्रन्टले ५५ बल खेल्दै ७ चौका प्रहार गरिन् । कप्तान हरमनप्रित कौरले ३९ बलमा ५ चौका प्रहार गर्दै ३७ रन बनाइन् ।

जितका लागि अन्तिम दुई ओभरमा २१ रन चाहिएको अवस्थामा मुम्बईले १९औं ओभरमा १६ रन जोडेको थियो ।

दिल्लीकी राधा यादवले र जेस जोनसनले समान १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । दिल्लीकी कप्तान मेग ल्यानिङले २९ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।

११औं नम्बरमा ब्याटिङ गरेकी राधा यादव र शिखा पाण्डेले अविजित २७–२७ रन बनाए । राधाले १२ बल खेल्दै २ चौका र २ छक्का तथा शिखाले १७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

मुम्बईका लागि हेली म्याथ्युजले ४ ओभरमा २ मेडन राख्दै ५ रन मात्र खर्चेर ३ विकेट लिइन् । यस्तै इस्सी वोङले पनि ३ तथा अमेलिया केरले २ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?