+
+

ललितपुर मेयर्स कपमा मधेश प्रदेशको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १४:३५

१३ चैत, काठमाडौं । सरस्वतीकुमारी चौधरीको अलराउण्ड प्रदर्शनमा मधेश प्रदेशले ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हात पारेको छ ।

पहिलो पटक प्रतियोगिता खेलिरहेको मधेशले सोमबार आयोजक टोली ललितपुर-११ माथि १ विकेटको रोमाञ्चक जित निकालेको हो । पहिलो जितपछि मधेश प्रदेशले ३ खेलबाट २ अंक जोडेको छ ।

ललितपुर-११ को भने यो लगातार तेस्रो हार हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९.२ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गर्‍यो । सरस्वतीले चौका प्रहार गर्दै विजयी रन बटुलेकी हुन् । उनले ३३ बल खेल्दै ३ चौका मद्दतमा अविजित ३२ रन बनाइन् ।

एक छेउबाट लगातार विकेट गए पनि सरस्वतीले अर्को छेउबाट इनिङ्स सम्हाल्दै जित दिलाएकी हुन् । ओपनर एलिशा यादवले १६ र सीमा कुँवरले १५ रन जोडिन् ।

ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

ललितपुरका लागि सोनी पाख्रिनले ४३ बल खेल्दै ३ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन जोडिन् । श्रृष्टि जैशीले १५ रन जोडिन् । मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १-१ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?