+
+

पूँजीगत खर्च बढाउन मुख्यमन्त्री गिरीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १७:२२

१३ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको बजेट खर्च र योजना कार्यान्वयन चिन्ताजनक रहेको बताएका छन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेको बताउँदै योजना कार्यान्वयन र पूूँजीगत खर्च बढाउनमा केन्द्रित हुन आग्रह गरे ।

‘सरकारले हालसम्म हासिल गरेको प्रगति चिन्ताजनक छ’, मुख्यमन्त्रीले भने, ‘यसलाई सुधार गर्नेतर्फ मन्त्रीज्यूहरु, सचिवज्यूहरु लाग्नुहोस् ।’ जनताले महसुस गर्ने र परिणाम निस्कने गरी कार्यसम्पादन गर्नुपर्ने भन्दै उनले पूँजीगत खर्च बढाउन इमान्दार भएर काम कर्मचारीलाई निर्देशन दिएका हुन् ।

समीक्षा कार्यक्रममा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद् अन्सारीले मन्त्रालयले हालसम्म ३५.१६ प्रतिशत खर्च गरेको जानकारी गराए ।

यस्तै आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले हालसम्म २४.६८ प्रतिशत बजेट खर्च गरेको रसामाजिक विकास मन्त्रालयले ३५.४८ प्रतिशत,भौतिक पूर्वाधार विकास मन्त्रालयले २७.७० प्रतिशत बजेट खर्च गरेको सचिवहरुले जानकारी दिए । अन्य मन्त्रालयका सचिवहरुले प्रगति प्रतिवेदन पेश गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?