+
+

महासंघको चुनाव लड्न श्रेष्ठको टिमले पायो पूर्णता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १३:४२

१३ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको छ ।

मंगलबार उमेशलाल श्रेष्ठ समूहले आफ्नो टिमको टुंगो लगाएको हो । उक्त समुहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि दिनेशले समेत वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी गरिरहेका थिए ।

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहने भएका छन् । सो समुहबाट एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् । लामो समयदेखि एसोसिएट्स समुहको टीमको पूर्णता दिन नसकेको उक्त समुहले आज उपाध्यक्षको उम्मेदवार भरत आचार्यको नेतृत्वमा टिमलाई पूर्णता दिएको हो ।

पदाधिकारीको टुङ्गो लगाएको सो समूहले सबै समुहका सदस्यहरुको समेत टुङ्गो लगाएको जानकारी दिएको छ । उमेशलाल श्रेष्ठ समूहले यसै हप्ता औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?