+
+

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ६:४६
फाइल तस्वीर।

१४ चैत, काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । अब उक्त बैठक चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न भने बाँकी भएकाले खड्काले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

मन्त्रालय बाँडफाँटमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सत्ता गठबन्धनमा रहेका १० दलको संयुक्त बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?