+
+

साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ११:५८

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा सुरु भएको छ । गत सातादेखि सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । बिदा मनाउन थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञी शाहले पनि सुटिङ ज्वाइन गरेकी छन् ।

छायांकनमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् । फिल्म निर्माताको तर्फबाट उपलब्ध गराएको तस्वीरमा दयाहाङ र शिशिर गफगाफ गर्दै गरेको देख्न सकिन्छ । कार्म चाहिं साम्राज्ञीसँग रोमान्टिक देखिएका छन् । फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको समेत अभिनय छ ।

फिमेल लिड मिरुना मगरको भने दृश्य छायांकन सुरु भइसकेको छैन । मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल शर्माको लगानी छ । फिल्ममा आलोक शुक्लाको छायांकन छ । निर्देशक लामाले निर्देशन गरेको ‘दुई नम्बरी’ यो वर्ष बक्स अफिसमा सफल रह्यो । उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?