+
+

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाइसँग नयाँ वर्ष २०८०’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १९:११

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइ अटोमोबाइल्सको आधिकारीक बिक्रेताले नयाँ वर्ष २०८० लाई मध्यनजर गर्दै ‘हुन्डाइसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ ।

१३ चैतदेखि सुरु भएको ग्राहकमुखी यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता अकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेञ्ज सुविधा पाउने छन् । सबै हुन्डाइ गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । हुण्डाइले गएको महिना मात्रै भेन्यू/निओस्  फेसलिफ्ट भर्जन सार्वजनिक गरेको थियो ।

यस योजनाबाट हुण्डाइको कुनैपनि ह्ययाचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सक्नेछन् । कम्पनीले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?