+
+

दाङमा हत्याको आरोपमा आमा-छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते ११:२५

१५ चैत, दाङ । दाङमा एक जनाको हत्याको आरोपमा आमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका- २ मर्पेसका ३५ वर्षका रेशम सुनारको हत्या गरेको आरोपमा आमा-छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतक सुनारका छोरा १७ वर्षीय शिवराज र श्रीमती ३६ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

डिएसपी गौतमका अनुसार रेशम सुनारलाई कोदालोले टाउकोमा हानी हत्या गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?