
१५ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चार एआईजीको पदस्थापन भएको हो । त्यसअनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा श्यामलाल ज्ञवाली पठाइएका छन् ।
दोस्रो वरियताका टेकप्रसाद राईले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।
एआईजी किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र दिपक थापाले प्रशासन विभागको जिम्मेवारी पाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले अनलाइनखबरलाई बताए ।
दुई दिनअघि गृह मन्त्रालयले डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4