+
+

संवैधानिक परिषदको बैठक महिनैपिच्छे राख्नुपर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १४:४१

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले संवैधानिक परिषदको बैठक महिनैपिच्छे राख्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छन् ।

प्रतिनिधिसभामा पेश भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’मा संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग राखेकी हुन् ।

प्रस्तावित विधेयकमा ‘संवैधानिक परिषदको बैठक आवश्यकता अनुसार अध्यक्ष (प्रधानमन्त्री)ले तोकेको मिति, समय र स्थानमा बस्ने’ प्रावधान छ । यसलाई बदलेर ‘संवैधानिक परिषदको बैठक मासिक रुपमा अध्यक्षले तोकेको समय र स्थानमा बस्ने’ भनेर लेख्नुपर्ने सांसद थिङको संशोधन प्रस्ताव छ ।

संवैधानिक परिषदको बैठक लामो समयदेखि बस्न सकिरहेको छैन । यही बेला कांग्रेस सांसद थिङले महिनैपिच्छे बैठक राख्नुपर्ने कानुनी व्यवस्थाको लागि विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?