+
+

लोसपाले शरत सिंह भण्डारीलाई सरकारमा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १२:२५

१६ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद  शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् ।

आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन् ।

सत्तारूढ गठबन्धनबीच  नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?