+
+

सौगात र सृष्टिको ‘ब्रेकअप’, भन्छन्- काममा फोकस हुनुपर्ने भएकाले सहमतिमै अलग भयौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १३:५३
फाइल तस्वीर

काठमाडौं । अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा दरार आएको छ । अनलाइनखबरसँग कुरा गर्दै सौगातले सहमतिमै आफूहरु अलग हुने बाटोमा अघि बढेको बताएका छन् । सृष्टि चाहिं आराम गर्न भन्दै यतिबेला लण्डनमा परिवारसँग छिन् ।

‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं । हाम्रो कुरै भएको हो,’ सौगातले भने, ‘मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।’ केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।

ब्रेकअपबारे सौगातले यसरी बताए

हाम्रो कुरै भएको हो । हामी काम गर्ने समयमा र केही गर्नुपर्ने समयमा एकापसमै धेरै इन्गेज भयौं । अहिलेको समयमा गर्नुपर्ने कामलाई अघि राखेर अघि बढ्ने सोचेको छु । मलाई अहिले नै हतार छैन यसमा । हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।

आगामी दिनमा म फिल्ममा पनि एकदमै व्यस्त हुनेछु । ऊ पनि पढिराख्या छ र काम गरिराख्या छ । एकठाउँमै बस्नुपर्ने । बाहिर कहीं ढुक्कसाथ जान सकियोस् न । सँगै बसेपछि कामको लागि बाधा आउने भयो । काम राम्रोसँग गरौं भन्ने कुरा भएकाले यस्तो सोचेको हो । यो चाहिं काम गर्ने समय जस्तो लाग्यो ।

बिहेको कुरा त पहिले पनि थिएन खासमा । मिडिया र सबैको प्रेसरले विवाहको कुरा आएको हो । गर कि गर भनेर मिडियाले सोध्दा भोलि गर्ने, पर्सि गर्ने कुरा भएको हो । अरुले प्रेसर दिएर लिने होइन । यसकारण ढुक्कसँग काममा फोकस भएर अघि बढ्ने सोच छ ।

सृष्टिले इन्स्टाग्रामबाट सौगातसँगका सबै तस्वीर हटाएपछि यी दुईबीचको सम्बन्धमा खटपट आएको अनुमान गरिएको थियो । तर फेसबुकबाट सृष्टिले तस्वीर हटाएकी छैनन् । कामको कुरा गर्दा सौगात यतिबेला ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा व्यस्त छन् भने सृष्टि तत्काल कुनै पनि फिल्ममा आबद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?