
१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार पशुपति क्षेत्रमा राधा माधव समिति नेपालले निर्माण र व्यवस्थापन गरेको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण कार्यक्रममा बोल्दै उनले पशुपतिमा पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि बनाइएको उद्यान अझै व्यवस्थित गर्न जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्न सकेमा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए । उनले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतीक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको धारणा पनि राखे ।
उनले पशुपति क्षेत्रको विकासका लागि बृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभूत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4