+
+

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १७:१८

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘पावर अफ फाइभ’ उपहार योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत १ लाख रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने  मौका पाउने छन् । खरिद गरे पश्चात्  पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन१४ वा एपल वाच वा एपल एयरपोड्स जित्ने मौका पाउनेछन् । यो योजना आर१५, एमटी१५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुनेछ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यामाहापावरअफ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाख रुपैयाँसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन वहाँहरूले आइफोन १४ वा एपल वाच वा एपल एयरपोड्स जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्नका लागि यो योजना ल्याइएको एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्रीले जानकारी दिए । यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ ।

कम्पनीका अनुसार हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र  मार्फत साप्ताहिक विजेताहरूको  नाम घोषणा गरिनेछ । यो अफर आर१५, एमटी१५ र फ्यासिनो मोडल बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?