+
+

ब्लू टिक पाएका आधाजसो ट्वीटर अकाउन्टमा हजार भन्दा कम फलोअर्स

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १८:३८

काठमाडौं । सीईओ एलन मस्क हरेक ट्वीटर प्रयोगकर्तालाई कुनै न कुनै रुपमा शुल्क तिर्न बाध्य बनाउने बाटोमा अगाडि बढिरहँदा र ट्वीटरमा भेरिफिकेसन ब्याजका लागि अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिरहँदा एउटा अनौठो तथ्य बाहिरिएको छ ।

एउटा रिपोर्ट अनुसार ट्वीटरका भेरिफाइड अकाउन्ट अर्थात् निलो टिको पाएका त्यस्ता अकाउन्टमध्ये करीब आधाजसोमा १ हजार भन्दा पनि कम फलोअर्स छन् ।

अझ अर्को रोचक तथ्य त के भने २ हजार २७० वटा यस्ता भेरिफाइड ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या शून्य छ ।

Mashable मा प्रकाशित रिपोर्टमा शोधकर्ता ट्राभिस ब्राउनले हाल ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्या ४ लाख ४४ हजार ४३५ रहेको उल्लेख छ ।

त्यसमध्ये आधाजसो सब्सक्राइबर अर्थात् २ लाख २० हजार १३२ प्रयोगकर्ताका १ हजार भन्दा कम फलोअर्स छन् ।

त्यसमध्ये ७८ हजार ५९ ट्वीटर ब्लू सब्सक्राइबरका ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या १ सय भन्दा कम छ । यो भनेको कूल ट्वीटर ब्लू सब्सक्राइबरको कूल संख्याको १७.६ प्रतिशत हो ।

यद्यपि हाल कायम रहेको ट्वीटर ब्लू सब्सक्राइबरहरु रकम तिरिरहेकै छन् भन्ने चाहीँ खुलेको छैन । किनकी एकपटक ब्लू सब्सक्रिप्सन खरिद गरी त्यसलाई रद्द गरिसकेका प्रयोगकर्ताहरुको भेरिफिकेसन ब्याज पनि ट्वीटरले हटाएको छैन ।

शोधकर्ता ब्राउनका अनुसार त्यस्ता प्रयोगकर्ताहरु पनि ट्वीटरमा Blue Verified  कै रुपमा रहेको र ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्यामा देखिएका छन् । उक्त रिपोर्ट अनुसार ट्वीटरका कूल २५ करोड ४० लाख दैनिक प्रयोगकर्तामध्ये केवल ०.२ प्रतिशतले मात्र ट्वीटर ब्लूका लागि शुल्क तिरिरहेका छन् ।

आगामी अप्रिल १ देखि ट्वीटरमा रहेका निशुल्क लिगेसी ब्लू टिकलाई हटाएर पूर्णरुपमा सशुल्क बनाउने घोषणा एलन मस्कले गरिसकेका छन् । हाल ट्वीटरमा ४ लाख २० हजारको संख्यामा लिगेसी भेरिफिकेसन प्राप्त अकाउन्टहरु छन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?