+
+
Shares

न्यायिक समिति राष्ट्रिय मञ्च गठन हुने, संयोजकमा सुनिता डंगोल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते २०:२७

१६ चैत, काठमाडौं। स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षले न्यायिक समितिको राष्ट्रिय, प्रदेश र जिल्ला मञ्च गठन गर्ने भएका छन् ।

न्यायिक समितिको कारबाहीलाई व्यवस्थित, प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारीहरु बिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्न राष्ट्रिय मञ्च, प्रदेश मञ्च र जिल्ला मञ्च तदर्थ गठन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोल संयोजककत्वमा २० जना सदस्य रहेको राष्ट्रिय समिति गठन गर्ने र समितिले १ महिनाभित्र विभिन्न पदाधिकारी सहितको २१ सदस्यीय न्यायिक समिति राष्ट्रिय मञ्च गठन गर्ने सम्मेलनले घोषणा गरेको छ ।

काठमाडौंमा बुधबार र बिहीबार भएको सम्मेलनले न्यायिक समिति प्रदेश मञ्च पनि गठन गर्ने घोषणा गरेको छ । प्रत्येक प्रदेशमा हुने न्यायिक समितिको भेलाबाट एक जना अध्यक्ष, एक जना सचिव, एक जना कोषाध्यक्ष र आठ जना सदस्यको चयन हुने भएको छ । प्रत्येक जिल्लामा हुने न्यायिक समितिको भेलाबाट चुनिएको न्यायिक समिति जिल्ला मञ्चको अध्यक्ष यस मञ्चको पदेन उपाध्यक्ष हुनेछ ।

यस्तै न्यायिक समिति जिल्ला मञ्चमा प्रत्येक जिल्लामा हुने न्यायिक समितिको भेलाबाट एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव, एक जना कोषाध्यक्ष र पदाधिकारीमा प्रतिनिधित्व नभएका जिल्लाभित्रका अन्य सबै स्थानीय तहका न्यायिक समितिको संयोजक वा सदस्य एक एक जना यस मञ्चमा सदस्य रहने घोषणा भएको छ ।

यसरी गठन भएको न्यायिक समिति राष्ट्रिय मञ्च (तदर्थ) ले तयार गरेको विधानलाई न्यायिक समिति राष्ट्रिय मञ्चबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी विधानमा उल्लेख भएबमोजिका न्यायिक समितिको प्रदेश तथा जिल्ला भेलाको आयोजना गरी मञ्चहरुको गठन गरिने महानगरपालिकाले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?