+
+

बागलुङमा सिप्रदीको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १२:४६

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा विस्तार गरेको छ ।
टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटीको सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्यले बागलुङमा नयाँ शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

१६ चैतमा विशेष कार्यक्रमको आयोजना गरेर उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको कम्पनीको भनाइ छ । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य भनेको विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए ।

ग्राहकको चाहना र आवश्यक्तालाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको उनले बताए । त्यसै गरी टाटा प्रोटेक्ट अन्र्तगतको सेवा तथा सुविधाहरुको माध्यमबाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिंदै आएको उनले बताए ।

सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्स को साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशत सम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?