+
+

अर्पण थापालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘चित्रा’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १४:४५

काठमाडौं । एक मध्यमवर्गीय परिवारका बाबु र छोरीको सम्बन्धको कथा पेश गर्ने फिल्म ‘चित्रा’को निर्माण घोषणा भएको छ । ‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा अर्पण थापा र सन्तोष अधिकारी रहनेछन् ।

भदौदेखि छायांकन सुरु हुने फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ । पारिवारिक कथावस्तुमा बन्न लागेको फिल्मको सबै छायांकन नेपालमा हुने जनाइएको छ । लामिछाने निर्देशित पछिल्लो फिल्म ‘लण्डन टु पेरिस’ रिलिज भएपछि मात्र फिल्मलाई छायांकनमा लैजाने तयारी छ ।

एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा ‘चित्रा’ निर्माण हुनेछ । भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक फिल्मको पनि घोषणा गरेका थिए । अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?