+
+

नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय : नगद प्रवाह योजना तर्जुमा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १७:०१

१७ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् । यो उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

यस्तो समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् ।

सरकारी कोषको अध्ययन गरी यो समितिले सरकारलाई चाल्नु पर्ने कदमबारे सुझाव दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?