+
+

चौथो संसदीय यात्रामा मन्त्री बने रमेश रिजाल

सुरेश बिडारी सुरेश बिडारी
२०७९ चैत १७ गते १७:२३

१७ चैत, काठमाडौं । नवनियुक्त उद्योगमन्त्री रमेश रिजाल पर्सा जिल्लाका पुराना कांग्रेस नेता हुन् । ६ दशक लामो राजनीतिक संघर्ष गरेका उनी यसबीचमा पर्सा क्षेत्र नम्बर ४ बाट ७ पटकसांसदको उम्मेदवार बने, जसमा ४ जित हात पारे । २०५६, ०७० र ०७४ सालको आम निर्वाचनमा भने उनले हार बेहोरे ।

पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजाल १४ वर्षकै उमेरमा म्याट्रिक (एसएलसी) गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक भए ।

उनका बुवा मेघनाथ उपाध्याय ०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नै नेपाली कांग्रेसबाट उम्मेदवार थिए । रमेश पनि होस सम्हालेदेखि नै आप्mना पिताको राजनीतिक बाटोमा लागेका थिए । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–०४६ को अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।

पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा आएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिए । त्यसयता लगातार देउवा क्याम्पमा रहे उनी । यसबीचमा उनी पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्य र मधेश प्रदेश संयोजक रहे ।

प्रतिनिधिसभा निर्वाचनबाट चौथो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित रिजालले यसपाली भने मन्त्री बन्ने अवसर पाएका छन् । गत ४ मंसिरको निर्वाचनमा उनले नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरेका थिए । रिजालले ३१ हजार १४२ र मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?