+
+

एलजीको नयाँ वर्षे योजनामा ३५ प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १९:५६

काठमाडौं । एलजीले नयाँ वर्ष २०८० साललाई लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एलजी ब्रान्डका कुनैपनि सामान खरिद गर्दा आकर्षक क्यास ब्याक र पक्का उपाहार योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजीहोम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक र पक्का उपहार प्रदान गरिएको जनाएको छ ।

एलजीहोम इन्टरटेन्मेन्ट योजनामा एलजीओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पिकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकले ३५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभनवा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वागिफ्ट सेट, एलजी डबल डोर (३६० लिटरसम्म) रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर, एलजी फ्रन्टलोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजीसम्म) को खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोड/टिव्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइप्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजीएयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, एलजीमाइक्रोेवेभ ओभनको खरिदमा खाना पकाउने कीट निःशुल्क पाउनेछन् ।

कम्पनीले सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुमक्लिनर किन्दा क्यासब्याक पाउने, एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ४ हजार र ५ हजारको निःशुल्क स्थापना सेवा पाउने जनाएको छ । कम्पनीका अनुसार यो योजना चैत १२ गतेदेखि नेपाल अधिराज्यभर लागु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?