+
+

सिजनको पहिलो उपाधिको खोजीमा चर्च ब्वाइज र हिमालयन शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते २०:४६

१७ चैत, सिमरा । जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन् ।

जारी सिजनमा दुबै टिम उपाधि बिहीन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुबै टिम उपविजेता रहन पुगे ।

मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधि बिहीनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुबै टिमका लागि यो उपाधि निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भए लगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।

काठमाडौं पुगेर लिगको यात्रा थालनी गर्न आफूहरुका लागि जीतपुरसिमराको उपाधिले उर्जा थप्ने दुवै टिमका कप्तान तथा प्रशिक्षकको भनाइ छ । लिगमा अपराजित रहेको चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईँ पहिलो सहभागितामै उपाधी उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको उपाधि लिएर लिगको सुरुवात गर्न चाहेको बताउँछन् । ‘यो उपाधि हाम्रो लागिनिकै महत्वपूर्ण छ । हामीसँग राम्रो टिम छ तर उपाधि जित्न सकेका छैनौं’, हुमागाईँले भने, ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधि जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौं ।

बि डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फूटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाइजले जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपीएफ र एनआरटीलाई पराजितगर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाइजले इतिहास रच्न शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउँदै आए पनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा प्राप्त गर्न सकेको थिएन् । फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधी उचाल्ने अवसर खेर फाल्न चाहँदैन् । शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

जीतपुरसिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता

२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रीभूवनआर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नवजन जागृति युवा क्लबसिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर शहीद स्मृति क्लब

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?