+
+

पूर्णबहादुर खड्काले भने : मन्त्री पो बन्दिनँ भनेको थिएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १३:१३

१८ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन् ।

यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा उनले आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने भन्दै आएका थिए ।

उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा आलोचना पनि भइरहेको छ ।

‘मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिनँ भन्नुभयो, तर फेरि मन्त्री बन्नुभयो भनेर सामाजिक सञ्लमा आइरहेको छ,’ उनले प्रश्न गरे, ‘मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो, यो कुरामा म अहिले पनि अडिग नै छु ।’

उपप्रधानमन्त्री नपाएको भए आफू अहिलेको सरकारमा सहभागी नहुने पनि उनले बताए । शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पत्रकारसित कुरा गर्दै उनले भने, ‘अहिले म मन्त्री मात्र बनिरहेको छैन, अहिले म मुलुकको उपप्रधानमन्त्री छु भन्ने कुरा मेरा शुभचिन्तकहरु, साथीहरू, सामाजिक सञ्लालमा मेराबारेमा टिप्पणी गर्ने सबै मित्रहरुलाई स्पष्ट पार्न चाहन्छु म मन्त्री मात्रै बन्थिनँ ।’

पछिल्लो सात वर्षमा नेताहरुले मन्त्री प्रस्ताव गर्दा आफूले मन्त्री मात्र नबन्ने बताएकाे र अहिले उपप्रधानमन्त्री पनि बन्ने स्थिति आएपछि उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी लिएको उनले बताए ।

उपप्रधानमन्त्री खड्काको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?