+
+

मध्यअमेरिकामा आँधी, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १५:४५
Photo Credit : Facebook/Ray Sharp

१८ चैत, वाशिङ्टन । मध्यअमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् । अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् ।

पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तिमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

यसबाहेक व्याने शहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपतकालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् ।

तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तिमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?