+
+

विष्णु पौडेल नेतृत्वको वार्ता समितिले भीम रावलसँग निर्णायक वार्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १६:०१

१८ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले उहाँसँग संवाद गर्न समिति बनाइएको हो,’ गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?