+
+

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १७:२२

१८ चैत, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजना हुने १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

शनिबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

संघका महासचिव शिवसुन्दर गोथेले २७ खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने अवार्ड कार्यक्रम चैत २० गते सोमबार ठमेलस्थित अल्फ्ट होटलमा आयोजना हुने जानकारी दिए । अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँले सम्मान गरिने छ ।

त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाख रुपैयाँले सम्मान गर्ने आयोजकले जनाएको छ ।

एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् । एकजना पाका खेलकर्मीलाई ३५ हजार रुपैयाँ बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।

एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारिता पुरस्कार प्राप्त गर्नेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।

यस पटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबल टेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्विमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्याफ्टिङ, भलिबल, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?