+
+

‘बहाव’को अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते ९:५९
चलचित्र बहावको शीर्ष भूमिकामा रहेका कमलमणि नेपाल र सुरक्षा पन्तका साथमा निर्माता श्रीधर पौडेल (दायाँ) ।

काठमाडौं । प्रदर्शनको मिति नजिकिंदै गर्दा आक्रामक प्रचार शैली अपनाएको फिल्म ‘बहाव’को निर्माण पक्षले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण गर्न पाउने जोडी गोला प्रथाबाट छनोट गरिने उनले बताए ।

‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ र खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछ,’ पौडेलले भने ।

खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बहाव फिल्मको टिकट काट्दा खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाईसी प्रमाणित भएको हुनुपर्ने बताइन् । साथै खल्ती एपबाट टिकट काट्दा प्रोमो कोड ‘बहाव’ प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बहाव सिनेमाको प्रमोसनमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै बिजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न उत्सुक रहेको बताइन् । उनका अनुसार विजेतालाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको छ । बहाव फिल्मका मार्केटिङ हेड सुदीप दवाडीले बिजेता छनोट फिल्म प्रदर्शन सकिएको दुई हप्ता पछि खल्तीको अफिसियल पेज मार्फत ‘लक्की ड्र’मार्फत् गरिने बताए ।

उक्त प्याकेज प्राप्त गर्न लागि केही नियम र सर्तहरु राखिएका छन्-

  • विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
  • टुर प्याकेज घोषणाको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ ।
  • यो प्याकेज अरुलाई दिन योग्य हुने छैन । तर विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछ ।
  • थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ ।
  • भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नुपर्नेछ ।

एउटै परिवारका सदस्यबीच राजनीतिले ल्याउने मतभिन्नताको कथा समेटिएको बहावमा सुरक्षा पन्त र कमलमणि नेपाल शीर्ष भूमिकामा छन् । निर्माता श्रीधर पौडेल र अभिनेत्री सुरक्षा पन्तले अघिल्लो फिल्म ‘गोपी’मा पनि सहकार्य गरेका थिए । गोपीले नेपाल सरकारबाट राष्ट्रिय अवार्डसमेत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?