+
+

इरानमा कपाल खुल्ला राख्ने महिलामाथि दही खन्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १६:५४

१९ चैत, काठमाडौं । इरानमा दुई महिलामाथि एक पुरुषले दही छ्यापेका छन् । प्रहरीले दही छ्याप्ने पुरुष र ती दुवै महिलालाई पक्राउ गरेको छ ।

ती महिलालाई सार्वजनिक ठाउँमा कपाल नढाकेको आरोपमा पक्राउ गरिएको हो भने पुरुषलाई सार्वजनिक ठाउँमा झैझगडा गरेको आरोप लगाइएको छ ।

खासमा ती पुरुषले कपाल नढाकेकै कारण ती महिलामाथि दही छ्यापेका थिए । महिलामाथि दही छ्यापिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा दुई महिला एउटा किराना पसलमा पसलेसँग कुराकानी गरिरहेका देखिन्छन् । त्यही बेला बाहिरबाट एक जना पुरुष आउँछन् र ती महिलासँग केही कुराकानी गर्छन् ।

त्यसपछि ती पुरुषले आक्रोशित हुँदै नजिकै रहेको दहीको बट्टा उठाएर ती महिलाको टाउकोमा घोप्ट्याउँछन् ।

इरानमा महिलाहरुले सार्वजनिक ठाउँमा कपाल ठाक्नु पर्ने नियम छ । यो नियमको विरूद्ध इरानी महिलाहरूले प्रदर्शन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?