+
+

आरआर क्‍याम्पसमा २६ चैतमा स्ववियु चुनाव हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:१९

१९ चैत, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २६ चैतमा हुने भएको छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी अनेरास्ववियुका नेता मदन भण्डारीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचको विवादका कारण यहाँ हुन सकेको थिएन ।

स्ववियु निर्वाचनको विषयलाई लिएर सत्तारुढ दल निकट विद्यार्थी संगठनले २६ फागुनमा क्षम्पसमा तालाबन्दी गरेका थिए ।

निर्वाचन अधिकृतको राजीनामा, फर्जी भर्ना भएका विद्यार्थीको छानबिन लगायतका माग उनीहरुले राखेका थिए ।

सोही अनुसार क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानबिन गर्ने भएपछि २६ चैतमा चुनाव गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?