+
+

१५ हजार घुस लिँदै गर्दा मालपोत बाराका खरदार र लेखापढी व्यवसायी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १८:३१

१९ चैत, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा रकमसहित बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई पक्राउ गरेको हो ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?