+
+

सीता एयरले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर छाडेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १९:३०

१९ चैत, काठमाडौं । सीता एयरले दाङबाट काठमाडौं आउन टिकट काटेका यात्रुलाई नेपालगञ्जमा झारेर अलपत्र पारेको पाइएको छ । १५ चैतका दिन यस्तो घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो दिन दाङबाट काठमाडौं आउने यात्रु बोकेर सीता एयर उडेको थियो । जहाजले ती यात्रुलाई नेपालगञ्जमा झारेर अन्यत्रै उडान गरेको थियो ।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले छानविन प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ । ‘सीता एयर प्रालिले १५ चैतमा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगञ्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानविन प्रक्रिया अगाडि बढाइएको छ’ प्राधिकरणले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?