+
+

हर्क साम्पाङले गरे आफैंमाथि बन्न लागेको डकुमेन्ट्री फिल्मको शुभसाइत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १३:२९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि डकुमेन्ट्री फिल्म निर्माण सुरु भएको छ । ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको सोमबार मेयर साम्पाङले शुभसाइत गरे ।

चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका अरुणकुमार प्रधानले निर्देशन गर्ने यो फिल्मले मेयर साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी योजना अभियानलाई चित्रण गर्नेछ ।

स्थानीय सिन्दूरपुछा डाँडामा आयोजित समारोहमा मेयर साम्पाङले क्ल्याप पड्काउँदै छायांकन सुरु भएको जनाउ दिए । शुभसाइत समारोहमा कलाकर्मी र जनश्रमदानमा खटिएका स्थानीय सहभागी थिए । मेयरले कल्याप पड्काएपछि केही दृश्य खिचिएको निर्देशक प्रधानले बताए ।

सुनसरीको बराहक्षेत्रमा सञ्चालित कोकाहा खानेपानी योजनाअन्तर्गत ३५ किलोमिटर लामो पाइप राखेर धरानसम्म खानेपानी ल्याइने योजना छ । अहिलेसम्म १० किमी मात्र पाइप बिच्छाइएको छ । यसका लागि करोडौं रकम जुटिरहेको छ भने सयौंले श्रमदान गरिरहेका छन् । ‘यो एउटा क्रान्ति हो । यो अभियान चलुञ्जेल डकुमेन्ट्री छायांकन पनि भइरहन्छ,’ निर्देशक प्रधानले अनलाइनखबरसँग भने ।

डकुमेन्ट्री फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी निर्माण गरिने निर्देशक प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?