+
+

मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १९:२८

२० चैत, काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका छन् ।

सरकार र मिटरब्याज पीडितको एक समूहबीच शनिबार ५ बुँदे सहमति भएको थियो । जसमा मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने पनि थियो । सोही सहमति अनुसार आयोग गठन गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जाँचबुझ आयोगलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी ठोस र व्यावहारिक प्रतिवेदन तयार पार्न ३ महिनाको समय दिएको उनले बताइन् ।

आयोगले मिटरब्याज पीडितहरु कहाँ कहाँ, कसरी ठगिएका छन्, तिनीहरुको यकिन समस्या के छ भनेर हेर्ने मन्त्री शर्माको भनाइ छ । ‘ठोस र व्यावहारिक पाटोबाट यसलाई रिपोर्ट ल्याउने कार्यादेश दिइएको छ । फिल्डमै गएर समस्या समाधान गर्न आयोग नै बनिसकेको हुनाले यसका लागि अब काठमाडौं आइराख्न पर्दैन । आयोग जनकपुरमै रहने हुनाले त्यहींबाट यसको समाधान खोज्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?