+
+

नेपालमा स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १८:०८

२१ चैत, काठमाडौं। नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम पनि तय गरिएको परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए ।

सम्मेलनमा विश्व स्वास्थ्य संगठनसहितका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकहरु, विज्ञहरु र नीति निर्माताहरु सहभागी हुनेछन्। करिब हजार जनाभन्दा बढी विज्ञहरुसँग घनिभूत छलफल गरी सरकारलाई यस क्षेत्रको नीति निर्माणमा सहयोग गर्नु सो शिखर सम्मेलनको मुख्य उद्देश्य रहेको पनि परिषदका सदस्य सचिव ज्ञवालीले बताए ।

उनले भने, ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विगतमा वर्षहरुमा जस्तै यो वर्ष पनि स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुँदैछ । सन् २०१५ सालमा हामीले यो सुरु गर्‍यौं । देश विदेशबाट स्वास्थ्य सम्बन्धि बैज्ञानिकहरु, पोलिसी मेकरहरु, प्रादेशिक लेवलबाट पाल्नु हुने विज्ञहरुसहितको भेला गरेर हामीले एकअर्काबीच परिचित हुने, आफ्ना अनुसन्धान सम्बन्धि ज्ञान र सीप चाँही एक अर्कालाई बाँडने, त्यो प्राप्त नतिजा, तथ्यांकहरुलाई पोलिसी लेवलमा पस्किने गरी यो वर्ष पनि हामी सो सम्मेलन गर्दैछौं ‘

शिखर सम्मेलनमा २०१ वटा प्रस्तुति रहेको छ । त्यसमध्ये उत्कृष्ट हुनेलाई अवार्डको समेत व्यवस्था गरिएको पनि परिषदले जनाएको छ ।

यसै अवसर पारेर परिषदले सदाझैं यस वर्ष पनि योङ साईन्टिस्ट अवार्ड, हेल्थ रिसर्च अवार्डलगायतका ८ वटा विभिन्न विधाका अवार्डहरु वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?