+
+

१६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप   

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १२:२५
फाइल तस्वीर

२२ चैत, दाङ। दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ ।

दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जाहेरीमा दिएकी छन् ।

पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा  बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमवार राति बोलाएर  जबरजस्ती करणी गरेको उल्लेख छ। पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन्।

आरोपित पौडेल सोही विद्यालयका प्रावि शिक्षक हुन् । उनले छात्रावास हेर्दै आएका थिए ।

जाहेरी परेपछि आरोपी शिक्षक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?