+
+

रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १२:१६

२३ चैत, काठमाडौं । सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापवाल सुनको मूल्य एक लाख १० हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार ४३५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ पुगेको थियो । यसैगरी चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?