+
+

मेसीलाई अफरको ओइरो, आगामी सिजन कहाँबाट खेल्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १७:२७

२३ चैत, काठमाडौं । अर्जेन्टाइन क्याप्टेन लियोनल मेसीलाई क्लब फुटबलका लागि अफरको वर्षा छ । साउदी अरेबिया, अमेरिकाका क्लबले उनलाई अनुबन्ध गर्ने प्रस्तावको तयारी गरिरहेको समयमा बार्सिलोनाले पनि उनलाई घर फर्काउन चाहेको बताएको छ ।

मेसीको आगामी संभावनाबारे स्पानिस फुटबल विज्ञ गिजेम वालेगले भनेका छन्, ‘लियोनल मेसीको आगामी फुटबल यात्राबारे सबै किसिमका संभावनाहरू खुलानै छन् ।’

उनलाई बार्सिलोनाले फर्काउन लागेको गिजेमको भनाइ छ । तर हालसम्म कतैबाट पनि आधिकारिक पत्र भने मेसीले प्राप्त गरेका छैनन् । हाल अनुबन्ध रहेको क्लब पीएसजीमै अर्को एक वर्ष सम्झौता नवीकरण गर्ने सैद्धान्तिक सहमति मेसीले गरेको दाबी केही मिडियाले गरेका छन् ।  पिएसजीमा दुई सिजन बिताएका मेसीलाई  एकवर्ष क्लबमै कुनै समस्या नरहेको क्लबको  विश्वास छ।

यद्यपि ज्याला घटाउनुपर्ने दबाब पिएसजीमा रहेकाले मेसीले के गर्लान् अझै भन्न सकिने स्थिति नरहेको वालेग बताउँछन् । ‘पिएसजीले मेसीलाई विगतकै वित्तीय सुविधा दिने बताएकाले उनलाई रहन कुनै पनि समस्या नहोला तर उनीहरूले ज्याला घटाउन खोजेकाले त्यस टीमको प्रस्तुतिमा असर नपर्ला भन्न सकिँदैन,’ वालेगले भनेका छन् ।

क्लबले टीम व्यवस्थापक हटाउन खोजेको छ भने टीमको लाइन अप पनि परिवर्तन गर्न खोजेको छ । लाइन अप परिवर्तन हुँदा पिएसजीमा मेसीको निरन्तरता अनिश्चयमा परेको वालेग बताउँछन् । ‘टीम व्यवस्थापक क्रिष्टोफ गालिएरलाई हटाउँदै टीमको लाइन अप पनि फेर्न खोजेकाले मेसीको निरन्तरता सुनिश्चित छैन,’ उनले भने ।

सन् २०२२ को विश्वकप उपाधी अर्जेन्टिनालाई दिलाएपछि मेसीलाई आफ्नो क्लबमा अनुबन्ध लागि होडबाजी छ । युरोपियन फुटबलको लिग वानमा पिएसजी शीर्षस्थानमै छ । लिग वानको शीर्ष स्थानमा रहेको पिएसजी च्याम्पियन लिगको उपाधि भिडन्तमा वार्यन म्युनिखसँग स्तब्ध बन्न पुगेको थियो ।

मेसी बार्सिलोना फर्किएलान् ?

लियोनल मेसीले बार्सिलोनाबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । बार्साको जर्सीमा ७७८ खेल खेल्दा उनले ६७२ गोल  गरेका छन् ।   मेसीले सन् २०२१ मा बार्सिलोना छोडेका थिए । सन् २००० मा १३ वर्षको उमेरमा टिस्यु पेपरमा सम्झौता गरेर मेसी बार्सिलोना भित्रिएका थिए ।

गत साता मेसीलाई बार्सालेनै भित्र्याउन खोजेको समाचार सार्वजनिक भएको थियो । मेसीका पिता जर्ज मेसी र बार्साका अध्यक्ष जोअन लापोर्ताबीच बार्सिलोना होटलमा २५ मिनेट वार्ता भएको समाचार सार्वजनिक भएको थियो । यी दुईबीच मेसीको बार्सासँग सम्झौता तोड्ने बेलापछि पहिलोपटक भेट भएको हो।‘यी दुईको भेट मेसीको आगामी भविष्यका लागि थिएन तर वार्साले मेसीलाई दिनसक्ने सम्मानका सवालमा दुई जनाबीच छलफल भएको थियो,’ वालेगले भने ।

दुईजनाबीचको संवादबारे लियो र लापोर्ताले मुख खोलेका छैनन् । क्लबका व्यवस्थापक जाभीको चाहानामा दुई जनाबीच संवाद भएको बुझिन्छ । वालेगका अनुसार जाभी मेसीसँग अन्य अवस्थामा पनि नियमत संवादमै हुनेगर्छन् । ‘जाभीले मेसीलाई बार्सा ल्याएर अर्जेन्टिनाकै लाइन अपमा राख्न खोजेका छन्,’ वालेग भन्छन् ।

मेसीले दुई वर्षअघि रकम घटाएरै भए पनि वार्सामा बस्न चाहेको बताएका थिए । तर क्लबले अन्तिम समयमा आएर मेसीलाई निरन्तरता दिन नसक्ने बतायो । ‘मेसीले क्लब छोड्दा जुन स्थितिमा बार्सा थियो अहिले पनि त्यही स्थितिमा छ । वित्तीय रूपमा बलियो नरहेको वार्साले अहिले मेसीलाई कसरी र किन भित्र्याउला ?’ वालेग प्रश्न गर्छन् ।

पीएसजीको स्पोर्टिङसँग मेसी सन्तुष्ट छैनन् । पैसामा मेसीलाई सन्तुष्ट गराउन नसके पनि क्लबमा विशेष भूमिका दिएर बार्साले डिल गर्न खोजेको देखिन्छ ।

‘पीएसजीको स्पोर्टिङसँग सन्तुष्ट नरहेका मेसीलाई बार्साले मोटो रकम दिएर भित्र्याउन सक्दैन । तथापि विशेष भुमिका दिएर भित्र्याउने ध्याउन्न उसको छ,’ फुटबल जानकार वालेग भन्छन् ।

साउदीको चार सय मिलियन युरोमा मेसी लोभियलान् ?

साउदी अरेबियाको क्लबले पनि मेसीलाई भित्र्याउन प्रस्ताव गरेको छ । वालेगका अनुसार प्रति सिजन ४०० मिलियन युरो दिन क्लब तयार छ ।  मेसीलाई इन्टर मियामीले पनि प्रस्ताव गरिएको बुझिन्छ ।

‘इन्टर मियामीले पीएसजी वा अल हियाललले जति पैसा दिन सक्दैनन् । तर मेसी धनाढ्य क्लबको दबाबमा बस्नु भन्दा मध्यम क्लबमा गएर कोपा अमेरिकाका लागि तयारी गर्ने मनस्थितिमा पनि पुगेका छन्,’ वालेगको बुझाइ छ ।

प्रस्तावको ओइरो आए पनि मेसीले कुनै निर्णय लिएका छैनन् । निर्णयमा पुग्नै पर्दा उनले कोपा अमेरिकालाई ध्यानमा राखेर लिने देखिन्छ । ‘बार्साबाट औपचारिक प्रस्ताव आएको छैन । साउदीको क्लबमा गएर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै उनले पक्कै खेल्नेछैनन्। अफरको ओइरोकाबीच मेसी शान्त छन् र उनले कोपालाई केन्द्रविन्दुमा राखेर आगामी निर्णय लिनेछन्,’ वालेग भन्छन् ।

– एजेन्सीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?