+
+

थप ८५ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित ३५८

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १८:३३

२३ चैत, काठमाडौँ।  पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ।  काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमित देखा परेका छन् ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत छन् ।

यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?