+
+

आईएमएफ र आईएफसीसँग अर्थमन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते २०:५७

२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ ।

त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् ।

भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसँगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?