+
+

जब महासंघ अध्यक्ष ढकालको भाषणमा पूर्वअर्थमन्त्री महत सहमत भएनन्…

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १४:५१

२८ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस निजी क्षेत्रको महत्त्व बुझ्ने पार्टी भएको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ४८औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्र नै रोजगारी सिर्जना र आम्दानी वृद्धि गरी समृद्धिको मूल वाहक भएको बताए ।

सोही अनुसार २०४६ सालको परिवर्तनपछि आर्थिक उदारीकरण सुरुवात भएको उनले स्मरण गरे । यो व्यवस्थापछि निजी क्षेत्रलाई राज्यले समर्थन र सहयोग गरेको भन्दै उनले त्यसपछि नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्‍याउन सफल भएको समेत बताए । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता समेत सोही बेलाबाट भएको उनको भनाइ छ ।

पहिलो चरणको सुधार २०४६ सालपछि भएको हो र दोस्रो चरणको सुधार गर्ने काम अघिल्लो गठबन्धन र अर्थमन्त्रीका रूपमा आफूले गरेको उनले दाबी गरे ।

बजेटले निजी क्षेत्रको सहभागितालाई महत्त्व दिएको र राज्य संयन्त्रलाई पारदर्शी र अनुशासित बनाउन भूमिका खेलेको उनको भनाइ छ ।

‘जबसम्म बजेट सिस्टममा हुँदैन, त्यसबेला राज्य प्रभावकारी हुँदैन, राज्य वितरणमुखी भयो भने देशले आर्थिक वृद्धि गर्न सक्दैन । त्यसकारण त्यसलाई मूल मन्त्र बनाएर पछिल्लो गठबन्धन सरकारमा हामी सक्रिय भएका हौं,’ उनले भने ।

तर, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सोही कार्यक्रममा सुधारको खाका दिँदा पनि आर्थिक सुधार भएन भन्ने शब्दप्रति महतले असहमति जनाए ।

दोस्रो चरणको सुधारको समग्र खाका बजेटले प्रस्तुत गरेको भन्दै उनले त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गरिएको दाबी गरे ।

१२ वटा कानुनमा सुधारको काम गरेको भन्दै उनले सोही अनुसार लगानी सम्मेलनको तयारी गरिएको समेत उनले बताए ।

बजेटरी सिस्टमका अव्यवस्था सिस्टममा ल्याउने काम गरेको र दोस्रो चरणको सुधारको निरन्तर पाए २०४६ सालपछिको परिवर्तन पछिको रफ्तारमै नेपाल अगाडि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?