+
+

कांग्रेस प्रवक्ता भन्छन् : गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १७:४७

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् ।

सहकारी अनियमितताबारे छानबिन गर्नुपर्ने माग राख्दा कांग्रेसले ४ वर्ष नै संसद अवरोध गरोस् भन्नु लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति भएको उनले बताए ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. महतले गृहमन्त्रीको राजीनामै कांग्रेसको पूर्वशर्त नभएको बताए । तर स्वार्थ नबाझिने गरी संसदीय वा न्यायिक छानबिन गर्नुपर्ने भन्दै उनले भने, ‘हामीले अहिले राजीनामालाई पूर्वशर्त त बनाएका छैनौं । कम सेकम छानबिन त गर ।’

तर छानबिनको निर्क्यौल नआई प्रधानमन्त्रीले केही भएको छैन भन्दा शंका बढेको उनले बताए । ‘उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ । समस्या छ भने छानबिनले समस्या पार्दछ’, महतले भने, ‘छानबिन गर्नुपर्छ भन्दा कांग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु गैरजिम्मेवार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?