
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल निर्माण सम्भव नभएको बताए।
- उनीले सरकारलाई दीर्घकालीन र प्रभावकारी बजेट बनाउने सुझाव दिए र अस्पताल निर्माणका लागि दुई/तीन पालिकाको बीचमा केन्द्रित गर्न आग्रह गरे।
- उनले तत्काल लोकप्रियता होइन, दीर्घकालीन आर्थिक स्थिरता र स्वास्थ्य सेवा सुधारमा जोड दिन आवश्यक रहेको बताए।
१ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन,’ उनले भने, ‘७५३ को सट्टा दुई सय बनाऔं । पायक पर्ने ठाउँमा बनाऔं दुई/तीन पालिकाको बीचमा । त्यसमा पूर्ण शक्ति लगाऔं, डाक्टर, नर्स र भवनकाे व्यवस्था गराैं,’ उनले भने ।
तत्काल लाेकप्रिय हुन नभएर दीर्घकालीन रुपमा अर्थ राख्ने खालको बजेट बनाउन उनले सरकारलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4