+
+

७ कम्पनीलाई विद्युत प्राधिकरणले सोध्यो– ठेक्का रद्द किन नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते ८:१०

२४ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले आज सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस गर्न भनेको छ ।

कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबी/मा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

यी कम्पनीहरुले आदर्श, सायल, बोगटान, बडीकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडाहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि ठेक्का सम्झौता गरेका छन् ।

तर सम्झौता अनुसारको काम गरेपछि प्राधिकरणले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत तोकिएको अवधिभित्र काम सम्पन्न नगरेपछि सातदिने स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?